व्यवस्थापकको प्रतिवद्धता

ग्रामीण बाल्मिकी साकोस लामो समयको विभिन्न आरोह अवरोहहरु पार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत पहिचान कायम गर्न सफल भएको छ । यस संस्थाले राष्ट्रिय रुपमा प्राप्त गरेको विभिन्न सम्मान, पुरस्कार त्यस्तैगरी संस्थालाई नेफ्स्कून र सहकारी विभागद्धारा संयुक्त रुपमा प्रदान गरिएको प्रोवेसन ब्राण्ड सदस्यहरुले संस्थाप्रति गर्नुभएको अगाध स्नेह, विश्वास र योगदानको परिणाम हो । यस अवधिमा संस्था सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्न सक्ने सवल र सुरक्षित वित्तिय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ । संस्थालाई पहिलो रोजाईको संस्था बनाउने प्रयासस्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप व्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ । अझै प्रभावकारी व्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरीदिनुहुन अनुरोध छ ।  संस्था संचालन प्रक्रियालाई जिवन्त रुप दिन संस्थामा कार्य गर्ने सिंगो व्यवस्थापनको क्षमता चुस्त,दुरुस्त, पारदर्शि, लगनशिल र सिकेका सिपहरुको कार्यान्वयनमा ध्यान दिई उत्पादकत्व वृद्धि गर्न सक्षम हुनुपर्दछ । आजको यो प्रतिस्पर्धात्मक र उत्कृष्टताको समयमा संस्थाको फराकिलो सोचलाई पूरा गर्नको लागि निश्चित रुपमा ग्रामीण सोकोसको व्यवस्थापन निक्कै नै सक्षम, गतिशिल, प्रभावकारी र आधुनिक हुन जरुरी छ भन्ने कुरामा सचेत रहंदै हामि सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।