नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनले पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ७ जिमिरेभारलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको छ । नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएकोमा बुधबार साकोसले आफ्नो केन्द्रिय कार्यालय जिमिरेभारमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुरा जानकारी गराएको हो ।

सस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अधिकारीले आफ्नो सस्थालाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरिएकोमा सस्थाको गरिमा बढेको बताउदै कर्मचारीहरुको अथक मिहिनेत तथा कार्य समिति लगाएत विभिन्न उपसमितीहरुको ईमानदारीका कारण सस्था उत्कृष्ट हुन सफल भएकोमा सबैमा धन्यबादज्ञापन समेत गर्नुभएको थियो । 

नेफस्कुनले यो पुरस्कार हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसरमा घोषणा गर्ने गरेको र साधारण सभामा प्रशंसा पत्र प्रदान गर्ने क्रममा हाम्रो सस्थालाई यस बर्ष नेफस्कु्नले आफ्नो ३५ औँ स्थापना दिवसको अवसर पारि नेपालकै उत्कृष्ट साकोस घोषणा गरि यही पौष ८ गते ३१ औँ साधारण सभामा सस्थालाई उक्त प्रशंसा पत्र प्रदान गरेको जानकारी दिनुभयो ।

सो पत्रकार सम्मेलनमा सस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार नेफस्कुन बुटवलका सञ्चालक समिति सदस्य रविन्द्र विक्रम हमालले सस्था विधि, निति, शुशासन र प्रविधियुक्त सेवा प्रदान गर्दै दिगो वित्तिय ब्यवस्थापनका कारणले सस्था उत्कृष्ट हुन सफल भएको बताउदै अन्य सहकारी भन्दा यो सहकारी पृथक रहेको र सञ्चालक समितिको नियमनमा कर्मचारीद्धारा आर्थिक कारोबार गर्ने ऋण प्रदान गर्दा ब्यवसाय विश्लेषण गरि उदेश्य अनुरुप काम गरेको र बचत तथा ऋणलाई सही सदुपयोग गरि समुदायमा आधारित सहकारी बन्न सफल रहेकाले हरेक बर्ष विभिन्न पुरस्कारहरुबाट सम्मानित हुदै आएको जानकारी गराउनुभयो ।