संस्था स्थापना हुनु पूर्व आर्थिक,सामाजिक रुपमा पछि परेका माकर गा.वि.स. को विशेष गरी वडा नं.१ र ७ मा वसोवास गर्ने जनसमुदायलाई कुनै माध्यमवाट आयमूलक कार्य गर्न गराउन सके जीवन स्तरमा केहि सुधार आउने थियो कि ? भन्ने सोचाई रहि आएको थियो । यसै क्षेत्रका केही युवा तथा समाजसेवीको सक्रियतामा पहिले नै स्थापित श्री वी.पी. स्मृति क्लब ले पशुपालन परियोजना सञ्चालन गर्ने उद्देश्य लिई ऋण प्रवाह गर्नको लागी ऋण माग गर्दा नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयमा पत्राचार तथा सम्पर्क गर्दा बैंकले ६ महिना अगाडि देखि बचत कार्य सञ्चालन गर्दै ऋण प्रवाह समेत गरीरहेको सामाजिक संस्थालाई मात्र ( सम्भाव्यता अध्ययन गरी ) ऋण प्रदान गर्न सकिने प्रावधान रहेको व्यहोरा ०५०/११/१७ मा बैंकले क्लबमा पत्राचार समेत गरी अवगत भएपछि केही जागरुक सामाजिक कार्य गर्न ईच्छुक व्यक्तिहरुलाई वचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्न प्रेरित तुल्यायो । फलस्वरुप २०५१ आश्विन २४ मा ३० जना उत्साही,सहकारी प्रेमी व्यक्तिहरु भेला भई ७ सदस्यीय तदर्थ समिति गठन भयो जसमा अध्यक्ष कृष्ण बहादुर गुरुङ्ग, सचिव वसन्त कुमार रेग्मी, कोषाध्यक्ष गोकर्ण कुमार क्षेत्री, सदस्यमा डिल्ली कुमार श्रेष्ठ, गुप्त बहादुर खत्री , तपचन्द्र “प्रयासी” ओल बहादुर थापा रहनु भएको थियो र अन्य २३ जना शेयर सदस्य रहनु भएको थियो । तदर्थ समितिले विनियम बनाई बचत तथा ऋण कार्य शुरु गर्न २०५१ साल फाल्गुन १ गते डिभिजन सहकारी कार्यालय परासी , नवलपरासीमा दर्ता गराए पश्चात (दर्ता नं. १८–०५१/५२) यो संस्थाले विधिवत जन्म लियो ।
मासिक बचत रु.२० र ३०० थान शेयर जारी गरी विना धितो ऋण प्रदान र सदस्यता विस्तार आयमुलक कार्य गर्नमा अभिप्रेरित गर्दै अगाडी वढ्दै गयो । संस्था वि.सं. २०५२ साल वैशाख ०२ गते नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कून मा आवद्धता भयो भने वि.स. २०५३ सालमा जिल्ला वचत संघमा आवद्धता भयो त्यस्तै वि.स.२०६५ सालमा जिल्ला सहकारी संघमा संस्था आवद्धता भयो ।संस्था सञ्चालनको क्रममा वि.सं.२०५४ साल तिर खातामा केही रकम बांकी राखी बचत फिर्ता लिने भन्ने साधारण सभाको निर्णय बमोजिम फिर्ता दिंदा आर्थिक रुपमा उकालो लागेको सबल हुंदै गएको संस्था फेरी पूंजी अभावमा शुरुकै अवस्थामा पुग्न थाल्यो र २०५७/५८ को साधारण सभामा संस्था खारेज गर्ने विषयमा समेत छलफल भयो र संस्था खारेज गर्न पनि २/३ वर्ष समय लाग्ने अवस्था रहेको हुंदा संस्थालाई विकसीत गर्दै लैजानु नै वेश हुन्छ भन्ने अठोटका साथ संस्था सञ्चालन हुन थाल्यो र क्रमशः सुधार हुंदै आयो । स्थापनाकालमा संस्थाको कार्यालय माकर–१,मोतिवस्ति मा रहेको थियो । विचमा केही समय माकर–७, जिमिरेभारमा रह्यो र मिति २०६१ सालदेखि सदस्यता विस्तार हुंदै गएको र माग बमोजिम माकर–४, वर्दघाटमा रही सञ्चालनमा रहेको छ । आर्थिक ०६१/०६२ सम्म नोक्सानीमा चलिरहेको संस्थाले आर्थिक वर्ष ०६२/०६३ मा आएर सामान्य नाफा आर्जन गर्न सफल भयो । आर्थिक वर्ष ६६/६७ मा संस्थाले नाफामा ५६४.५४ प्रतिशतले नाफामा वढोतरि गरि नयां युगको शुरुवात गरेको हो । आर्थिक वर्ष ६६/६७ वाट लाभांश वितरण गर्न शुरुवात गरिएको सो क्रम हालसम्म पनि जारी नै रहेको छ ।
संस्था विकासका लागि संस्थाले शुरुमा साधारण सभावाट वार्षिक योजना र बजेट मात्र वनाई कार्य गर्दै आईरहेको थियो । आ.व.२०६७/६८ वाट पल्स अनुगमन प्रणाली अवलम्वन गर्दै आईरहेको छ । आ.व. २०६७/६८ मा संस्थाले सर्वप्रथम सदस्यता नीति,शेयर नीति, बचत नीति र ऋण नीति तयार गरि लागू गरेको थियो । वि.स. २०६९ सालमा संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) द्धारा सञ्चालित प्रोवेशन कार्यक्रममा सहभागी भए पश्चात भने वार्षिक रुपमा मात्र हेर्ने गरिएको पल्र्सअनुगमन प्रणाली मासिक रुपमा हेर्न थालियो भने विधमान रहेका नीतिहरुलाई परिमार्जन गर्नुका साथै थप नयां नीतिहरु तथा कार्यविधिहरु निर्माण गरि सोहि अनुसार कार्य गर्दै आईरहेको छ ।
वि.स. २०६९ साल वाट प्रोवेशन कार्यक्रममा सहभागी भएको संस्थाले व्राण्ड प्राप्त गरि यसलाई निरन्तररुपमा हरेक वर्ष नविकरण गर्न समेत सफल भईरहेको छ । संस्था राष्ट्रिय सहकारी संघ लि. बाट पस्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१ सम्मानित भै सकेको छ र जिल्ला सहकारी संघ लि. नेपाल बाट पनि उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१ पनि पुरस्कृत भै सकेको छ भने हालै मात्र नेफ्स्कूनबाट प्रदेश नं.५ को उत्कृट सहकारी पुरस्कार २०७४ ले पुरस्कृत भएको छ । यसरी संस्थाले अझ यो भन्दा वढि सफल्ता प्राप्त गर्न र राष्ट्रिय स्तरको प्रोवेशन व्राण्ड प्राप्त गरिसकेकोले हाल एक्सेस व्राण्ड प्राप्त गर्ने कार्यक्रममा सहभागि भएको वर्तमान अवस्थामा एक्सेस व्राण्ड प्राप्त गर्ने नै हाम्रो आगामी कार्यभार रहनेछ ।
परिकल्पना ( Vision):
“सम्पूर्ण वित्तिय समाधान सहितको उत्कृष्ठ प्रतिस्पर्धि सहकारी संस्था ”
æAn Excellent Competitive Co-operative with Complete Financial solution Æ
ध्येय (Mission):
“सहकारी सिद्धान्त अनुरुप सर्वसुलभ वित्तिय सेवा मार्फत सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक स्तरोन्नती गर्ने संस्था ”
"Economic, Social and Cultural Upgradation of the members through the All-Purpose Financial Services as Cooperative Principles"
मूल्य मान्यताहरु :
संस्थाका दिर्घकालिन उद्देश्यहरु :
सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि संस्थाको देहायमा उल्लेख भए बमोजिमको उद्देश्यहरु हुनेछन् ः
१.संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकाश गर्ने ।
२.सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिवृद्धि गरी स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुग्याउने ।
३.सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पूंजीको उपयोग बढाउने ।
४.सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका उत्पादन एवं सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।