वित्तिय साक्षरता तथा सदस्य बिस्तारित भेला कार्यक्रम २०८०

ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि. जिमिरेभारको वित्तिय साक्षरता तथा सदस्य बिस्तारित भेला कार्यक्रम २०८० साल मंसिर १२ गते देखि सुरु भएको छ । संस्थाको उदय सेवा केन्द्र अन्तर्गत वित्तिय साक्षरता तथा सदस्य बिस्तारित भेला कार्यक्रम बर्दघाट १३ धनेवाको शिवालय मन्दिरमा सम्पन्न भयो । उदय सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक श्री प्रेम कुमार श्रेष्ठ ज्यूको अध्यक्षता रहेको कार्यक्रममा शिक्षा उप समिति संयोजक एवंम संचालक समिति सचिव श्री राधा ढकाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।संस्थाका संञ्चालक समिति सह सचिव श्री कृष्ण प्रसाद गौतम ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा ४० जना शेयर सदस्यको सहभागिता रहेको थियो ।

Leave a comment