ग्रामीण बाल्मिकी संस्थाको ३० औं वार्षिक साधारण सभाबाट नव निर्वाचित सञ्चालक समितिलाई निर्वाचन समितिका संयोजक श्री रामकृष्ण पौडल ज्यू ले सपथ ग्रहण गराउनका साथै निर्वाचित प्रमाण पत्र समेत प्रदान गर्नुभयो ।

आज मिति २०८० साल भाद्र १० गते आइतवारका दिन ग्रामीण बाल्मिकी संस्थाको ३० औं वार्षिक साधारण सभा सम्पन्न भयो । मिति २०८० भाद्र ३ गतेबाट शुरु भएको साधारण सभा आज सम्पन्न भएको हो । ३ गते गोपिगञ्ज, ४ गते जहदा, ५ गते भुताहा, ६ गते बर्दघाट, ७ गते दाउन्नेदेवी र ८ गते केन्द्रीय कार्यालयमा एकाइगत साधरण सभा सम्पन्न भएको थियो भने एकाइगत प्रतिनिधिहरुको आज अन्तिम भेला बसी साधारण सभा सम्पन्न भयो । संस्थाको ३० औं वार्षिक साधारण सभाबाट तपशिल बमोजिमको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन भएको छ । निर्वाचित सञ्चालक समितिलाई निर्वाचन समितिका संयोजक श्री रामकृष्ण पौडल ज्यू ले सपथ ग्रहण गराउनका साथै निर्वाचित प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो । नव निर्वाचित सञ्चालक समितिलाई आज नै पद हस्तान्तरण गर्ने कार्य समेत सम्पन्न भयो । तपशिल : सञ्चालक समिति अध्यक्ष : श्री रविन्द्र विक्रम हमाल उपाध्यक्ष :श्री लक्ष्मण प्रसाद ज्ञवाली सचिव : श्री राधा ढकाल (महिला) सह–सचिव :श्री कृष्ण प्रसाद गौतम कोषाध्यक्ष :श्री मुरली कृष्ण खनाल सदस्य :श्री बोध प्रसाद पाण्डे सदस्य : श्री छविलाल तिमिल्सिना सदस्य :श्री मारकन्डे चौधरी सदस्य :श्री सोवीर पुन सदस्य :श्री कमला कंडेल (महिला) सदस्य :श्री विमला अधिकारी (महिला) सदस्य :श्री बसन्ती कुमारी थापा (महिला) सदस्य :श्री सीता कुमारी बस्याल (महिला) लेखा सुपरिवेक्षण समिति संयोजक :श्री भानुभक्त ढकाल सदस्य :श्री राज कुमार बि.क सदस्य : श्री अमृता ढकाल (महिला)

Leave a comment