ग्रामीण बाल्मिकी साकोसको ३०औं बार्षिक साधारण

मिति २०८० साल भाद्र ८ गते ग्रामीण बाल्मिकी साकोसको ३०औं बार्षिक साधारण सभा अन्तर्गत एकाईगत रुपमा अन्तिम दिन केन्द्रिय कार्यालयको प्रागंणमा सम्पन्न भयो । संस्थाका अध्यक्ष श्री देबि प्रसाद अधिकारी ज्यूको अध्यक्षता रहेको एकाई ६ को सभा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री बिश्वप्रेम पाठक ज्यूले उद्घघाटन गर्नु भएको थियो भने बिशेष अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख श्री शम्भुलाल श्रेष्ठ ज्यू, साबिक बाल्मिकी साकोसका स्थापना कालका अध्यक्ष एवम् संस्थाका सल्लाहकार श्री गणेश प्रसाद पोख्रेल ज्यू, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.नवलपरासी (बसुप) का संञ्चालक सदस्य, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) रुपन्देहि फिल्ड कार्यालय सदस्य, साबिक ग्रामीण साकोसका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार श्री रबिन्द्र बिक्रम हमाल ज्यू तथा संस्थाका सल्लाहकारहरु श्री कुलदेव श्रेष्ठ ज्यू, श्री बसन्त रेग्मी ज्यू र राम प्रसाद पौडेल ज्यू एवम् संस्थाका पूर्व संञ्चालक श्री देबिदत्त सापकोटा ज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै निर्वाचन समिति संयोजक श्री रामकृष्ण पौडेल ज्यू र निर्वाचन समिति सदस्य श्री कृष्णहरि पौडेल ज्यूले मन्तव्य दिनुभएको थियो । संस्थाका उपाध्यक्ष श्री लक्ष्मण प्रसाद ज्ञवाली ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाकी सचिव श्री राधा ढकाल ज्यूले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

Leave a comment